ad ad

समाज


अमेरिकी संचारमाध्यमका लागि काम गर्ने विदेशी पत्रकारलाई चीनले भिषा नदिने

अमेरिकी संचारमाध्यमका लागि काम गर्ने विदेशी पत्रकारलाई चीनले भिषा नदिने

नेपालखबर
भदौ २२, २०७७ सोमबार ९:८,

चीन र अमेरिकाबीचको द्विपक्षीय तनाव बढ्दै जाँदा चीनले अमेरिकी संचारमाध्यमका लागि काम गर्ने विदेशी पत्रकारलाई भिषा नदिने भएको हो।

चीनमा अमेरिका लगायत विभिन्न मूलुकका पत्रकार बस्दै आएका छन् जसले अमेरिकी संचारमाध्यमका लागि समाचार लेख्छन्।

चीनको यस घोषणासँगै विदेशी पत्रकारहरु मारमा पर्ने भएका छन्। यसअघि अमेरिकाले पनि चिनियाँ संचारमाध्यम र पत्रकारलाई अमेरिकामा कडाइ गरेको थियो।

अमेरिकाले चिनियाँ संचारमाध्यम सरकारको मुखपत्र मात्र भएको र यो स्वतन्त्र रुपमा चल्न नसकेको आरोप लगाउँदै आएको छ।

अमेरिकाले आफ्नो देशमा भएको चिनियाँ संचारमाध्यका लागि काम गर्ने पत्रकारहरुको संख्या कटौती गर्न लगाएको छ।

अमेरिकामा चिनियाँ संचारमाध्यमले खोलेका कार्यालयलाई वासिङ्टनले पत्रकारिताको सन्दर्भमा नभएर चिनियाँ कार्यालयको रुपमा दर्ता गराउन भनेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .