ad ad

समाज


कोरोना रोकथामको कामलाई तीव्रता दिन काठमाडौं महानगरले स्थापना गर्‍यो अप्रेसन सेन्टर

कोरोना रोकथामको कामलाई तीव्रता दिन काठमाडौं महानगरले स्थापना गर्‍यो अप्रेसन सेन्टर

नेपालखबर
भदौ २२, २०७७ सोमबार ९:१२,

कोरोनाभाइरसको संक्रमण रोकथाम तथा उपचारमा द्रुत गतिमा काम गर्ने उदेश्यले काठमाडौं महानगरपालिकाले ‘कोभिड–१९ अप्रेसन सेन्टर’ सञ्चालनमा ल्याएको छ।

महानगरका जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरको नेतृत्वमा सोमबारबाट अप्रेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।

राष्ट्रिय सभागृहमा कार्यालय रहने सेन्टरले संक्रमितको पहिचान, उनीहरुको सम्पर्कमा आएकाहरुको खोजी गर्ने, परीक्षण गर्ने र वडामा रहेका स्वास्थ्यकर्मीसँग समन्वयन गरी द्रुत गतिमा कार्य गर्ने कुँवरले बताए।अप्रेसन सेन्टर स्थापनापछि कन्ट्याक्ट ट्रेसिङ र पीसीआर परीक्षणको संख्या बढ्ने उनले बताए।

अप्रेसन सेन्टरले संक्रमित बढी रहेको स्थानमा आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने तथा परिचालन गर्ने काम पनि गर्नेछ। सेन्टरबाट सोमबारमात्रै बढी जोखिम देखिएका क्षेत्रमा २० जना कर्मचारीहरु खटाइएको कुँवरले बताए।

कन्ट्रयाक्ट ट्रेसिङमा परेकालाई यसै सेन्टरबाट परीक्षणको व्यवस्था मिलाइने, होम क्वारेन्टाइन र आइसोलेसनमा बसेकाको अवस्थाबारे जानकारी लिने तथा उपचारको आवश्यकता हुनेलाई अस्पताल लैजानेसम्मको समन्वयन सेन्टरले गर्नेछ।

महानगरको तथ्यांकअनुसार हालसम्म ६ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको छ। संक्रमितहरुको संख्या दिनदिनै बढ्दै गएकाले अन्यको पनि कन्ट्याक्ट ट्रेसिङ गर्दै संक्रमित पहिचान गर्नुपर्ने भएकाले अप्रेसन सेन्टर सञ्चालनमा ल्याइएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .