ad ad

समाज


बाढीले ल्याएको सखुवाको गोलियाको स्वामित्त्व विवादमा झडप, स्थानीय र प्रहरी इन्सपेक्टरसहित ५ जना घाइते

बाढीले ल्याएको सखुवाको गोलियाको स्वामित्त्व विवादमा झडप, स्थानीय र प्रहरी इन्सपेक्टरसहित ५ जना घाइते

शैलेन्द्र महतो
भदौ २२, २०७७ सोमबार २:५७,

खोलामा बगेर आएको काठमो गोलिया कसले लिने भन्ने विषयमा सिर्जना भएको विवादले उग्र रुप लिँदा धनुषामा इन्सपेक्टरसहित ५ जना घाइते भएका छन्।

धनुषाको बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको सीमा भएर बग्ने औरही खोलामा फेला परेको सखुवाको गोलिया कसले लैजाने विषयमा आइतबार राति स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरीबीच झडप भएको हो।

धनुषाको बटेश्वर गाउँपालिका - ५ शान्तिपुरमा बिबाद भएको हो।

गाउँलेको ढुंगामुढाबाट प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएका सई एमडी मुस्तफाले बताए। उनका अनुसार इन्सपेक्टर रायको निधारमा ढुंगाले लाग्दा ६ वटा टाँका लगाइएको छ। इन्सपेक्टर र प्रहरी जवानको क्षिरेश्वरनाथ नगरपालिकास्थित एक क्लिनिकमा उपचार भइरहेको छ।

यता गाउँले तर्फ १ महिलासहित ३ जना प्रहरीको लाठी चार्जबाट घाइते भएका जसपाका स्थानीय नेता अजयकुमार राउतले जानकारी दिए। तीनैजनाको जानकी मेडिकल शिक्षण अस्पताल रमदैयामा उपचार भइरहेको उनले बताए।

खोलामा स्थानीय मुसहर समुदायले तीनफिट मोटो सखुवाको गोलिया फेला पारेका थिए। गाउँलेको उक्त गोलिया आफूहरुको हुनुपर्ने अडान राखे। तर, प्रहरीले गाउँलेलाई नदिने भन्दै नियन्त्रणमा लिन खोजेपछि बिवाद भएको हो।

राति ९ बजेको समयमा ट्याक्टरमा लोड गरि प्रहरीले गोलिया लग्न खोजेपछि स्थानीयले अवरोध गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। त्यसपछि प्रहरीले पनि लाठीचार्ज गरेको स्थानीयले बताएका छन्।

प्रहरीले गोलिया आफ्नो नियन्त्रणमा लिएर कारबाहीको लागि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा राखेको सई मुस्तफाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .