समाज


वीर अस्पताललाई पूर्ण कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

वीर अस्पताललाई पूर्ण कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय

नेपालखबर
भदौ २१, २०७७ आइतबार १०:५२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई पूर्ण कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

मन्त्रालयको आइतबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

वीर अस्पतालमा दिइदैँ आइएका अन्य नियमित सेवाहरु नजिकै रहेको राष्ट्रिय सेन्टरबाट प्रदान गर्ने समेत निर्णय भएको उनले बताए।

काठमाडौं उपत्यकामा संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले उक्त निर्णय लिएको हो। 

आइतबारमात्रै काठमाडौं उपत्यकामा ३५४ संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ।

काठमाडौंमा संक्रमितको संख्या ६ हजार ६ सय २४ ललितपुरका ९१९ र भक्तपुरमा ७११ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .