कारोबार


नौ जना व्यवसायीलाई बालुवाटारमा किन बोलाए प्रधानमन्त्री ओलीले?

नौ जना व्यवसायीलाई बालुवाटारमा किन बोलाए प्रधानमन्त्री ओलीले?

नेपालखबर
भदौ २१, २०७७ आइतबार १०:४६,

प्रधानमन्त्री तथा हाल अर्थमन्त्रीको समेत कार्यभार सम्हालिरहेका केपी शर्मा ओलीले नौ जना व्यवसायीलाई बालुवाटार बोलाएका छन्।

उनले प्रधानमन्त्री निवास बालुवाटारमा निजी क्षेत्रको समस्याहरु र त्यसको समाधानको उपायहरुबारे छलफल गर्न ५ बजे बोलाएका हुन्।

निजी क्षेत्रको छाता संगठनहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षसहित दुई जनाको प्रतिनिधि आउन प्राधानमन्त्रीले भनेका हुन्।

आज प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरुसँग बन्दाबन्दीको अवस्थामा कर तिर्ने म्यादको विषयमा छलफल गर्नसक्ने आँकलन व्यवसायीको छ। परिसंघ अध्यक्ष सतिस मोरले व्यवसायीको समस्याबारे नै केन्द्रित रही छलफल गर्न नै बोलावट भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad