उनले नाम नखुलाउने सर्तमा ट्रम्पले देशको लागि ज्यान आहुती दिने सेनालाई ‘हरुवा’ भन्ने शब्द प्रयोग गरेको सीएएनसँग बताएका हुन्।
केहीदिन अगाडि मात्र द एटलान्टिक म्यागेजिनमा ट्रम्पले युद्धमा मारिएका सेनालाई अनादर गरेको र हरुवा भनेको विषय सार्वजनिक भएको थियो।
यतिबेला ट्रम्प प्रशासनसँग काम गरिसकेका अधिकारीहरुले पनि यो विषय पुष्टि गर्न थालेका छन्।
ट्रम्पमाथि युद्धमा मारिएका सेनाको अपमान गरेको आरोप लागेपछि यतिबेला ट्रम्प आलोचनाको घेरामा परेका छन्।
अबको दुई महिनामा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ। दोस्रो कार्यकालका लगि राष्ट्रपति बन्ने होडमा रहेका ट्रम्पलाई यो घटनाले ठूलो झट्का लागेको छ।
ट्रम्पले द एटलान्टिक म्यागेजिनको समाचार झुठो भएको बताउँदै उक्त समाचार आफ्नो अपमान गर्न बनाइएको बताएका छन्।
ट्रम्पले आफूले अमेरिकी सेनाकोविरुद्धमा कहिल्यै नबोलेको र नबोल्ने बताउँछै भनेका छन्,‘अमेरिकी सेनाको लागि मैलेजति राम्रो काम कसैले गरेको छैन। सेनाको बजेट, तलबभत्ता सबै बढाउने काम मैले गरेको छु। एउटा पत्रिकाबाट यस्तो समाचार आउनु लाजमर्दो स्थिती हो। यो डरलाग्दो पत्रिमा मैले पढ्दिन।’
यो पनिः देशका मृत सेनालाई ‘हरुवा’ भनेको आरोप लागेपछि ट्रम्प सर्वत्र आलोचना खेप्दै
सन् २०१८ मा जब ट्रम्पले पेरिस भ्रमणको तालिकालाई स्थगित गरेका थिए त्यसबेला ट्रम्पले अमेरिकाको मृत सेनालाई हरुवा भनेको द एटलान्टिकको दाबी छ।
उक्त म्यागेजिनले ट्रम्पले अमेरिकी युद्धमा मारिएका अमेरिकी सेनालाई श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रममा अनुपस्थित हुनुको कारण पनि बताएको छ। म्यागेजिनमा पानी परिरहेको समयमा कपाल बिग्रने भएकाले ट्रम्पले पेरिस भ्रमण स्थगित गरेको बताइएको छ।
पहिलो विश्वयुद्धमा बेलिउ वुड भन्ने स्थानमा जर्मनी र अमेरिकी सेनाबीच भिडन्त हुँदा १८ सय अमेरिकी सेनाको ज्यान गएको थियो।
यी सबै मृत सेनाको सम्मान र इज्जतमाथि ट्रम्पले धावा बोलेको भन्दै यतिबेला उनको आलोचना भइरहेको छ।

प्रतिक्रिया