समाज


गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका प्रहरी प्रमुखलाई कोरोना संक्रमण

नेपालखबर
भदौ २१, २०७७ आइतबार ८:२३,

गण्डकी प्रदेशका प्रहरी प्रमुख घनश्याम अर्यालमा कोरोना संक्रमण पुष्टि भएको छ।

कन्ट्याक ट्रेसिङका आधारमा लिइएको स्वाब परीक्षणमा प्रहरी नायब महानिरीक्षकको आइतबार बिहान रिपोर्ट पोजेटिभ आएको हो।

नेपाल प्रहरीको सशस्त्र गणमा कार्यरत प्रहरीमा कोरोना देखिएसँगै पोखराका विभिन्न कार्यालयमा कार्यरत प्रहरीमा कोरोना उच्च जोखिम देखिएको छ।

एक महिनाअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरीमा कोरोना देखिएको थियो भने उक्त गणबाट जिल्लाको सुरक्षाका लागि खटिएका प्रहरीको रिपोर्ट पनि पोजेटिभ आएको थियो।

त्यही गणमा प्रहरीसँगै खाना खाएका गण्डकी प्रदेशकै एक प्रदेशसभा सदस्य पनि कोराना पुष्टि भएपछि अहिले होम आइसोलेसनमा बसिरहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज थप ६९ जनामा कोरोना पुष्टि भएको छ। स्याङ्जाका २२, कास्कीका २०, नवलपुरका १३, तनहुँका सात, बागलुङका तीन, लमजुङका दुई र गोरखाका दुई जनामा पोजेटिभ देखिएको हो।

यससहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ५१४ पुगेको छ। तीमध्ये एक हजार ७६६ जना निको भएका छन्।

गण्डकीमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ।

यसैबीच गोरखा नगरपालिका –७ की ७६ वर्षीया महिलाको सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार मृत्यु भएपछि आइतबार कोरोना पुष्टि भएको छ। उनमा ब्रेनह्यामेरेज थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad