गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ।
शनिबार गोरखा अस्पतालमा मृत्यु भएकी ७६ वर्षीया महिलामा कोरोना पुष्टि भएसँगै गण्डकीमा संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।
शनिबार गोरखा अस्पतालमा मृत्यु भएकी गोरखा नगरपालिका–७ निवासी ७६ वर्षीय ती महिलामा मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो। उनलाई शनिबार दिउँसो अचेत अवस्थामा अस्पताल ल्याइएको र आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको निर्देशक शर्माले जनाकारी दिए। ती महिलामा मस्तिष्कघात भएको उनले जानकारी दिए।
मृत्युपछि गरिएको उनको नमूना परीक्षण रिपोर्ट आइतबार पोजिटिभ आएको थियो। अहिले उनको शवको व्यस्थापनको तयारी भइरहेको छ।

प्रतिक्रिया