समाज


ट्राफिक प्रहरी कुट्ने ९ जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा, ७ दिन हिरासतमा राख्न अनुमति

ट्राफिक प्रहरी कुट्ने ९ जनालाई सार्वजनिक शान्तिविरुद्धको मुद्दा, ७ दिन हिरासतमा राख्न अनुमति

नेपालखबर
भदौ १९, २०७७ शुक्रबार ११:५८,

ट्राफिक प्रहरीमाथि निर्घात कुटपिट गर्ने ९ जनामाथि सार्वजनिक शान्तिविरुद्धको मुद्दामा अनुसन्धान सुरु भएको छ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय ललितपुरबाट ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति लिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले बताए।

‘ट्राफिक प्रहरी जवानमाथि कुटपिट गर्नेलाई ७ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति लिएका छौँ’, नेपालखबरसँग डीएसपी तामाङले भने।

बिहीबार दिउँसो मच्छिन्द्रनाथको रथ तान्न निस्किएका युवाहरुले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई कुटपिट गरेका थिए।

कुटपिटमा संलग्न ललितपुर महानगरपालिका १६ गावाहालका ४० वर्षीय महेश बज्राचार्य र ४० वर्षीय रविन शाक्य, वडा नम्बर ११ बंगलामुखीका ३९ वर्षीय पृथविन्दु महर्जन र वडा नम्बर २१ का ३८ वर्षीय अशोजकुमार महर्जनलाई प्रहरी पक्राउ गरेको थियो ।

यस्तै, वडा नम्बर ६ का ३६ वर्षीय रवि शाक्य, महालक्ष्मी नगरपालिका १ इमाडोलका ४३ वर्षीय सुविन शाक्य, इमाडोलकै ध्रुवराज बज्राचार्य, भक्तपुरको ठिमीका ३२ वर्षीय श्याम श्रेष्ठ र काठमाडौं महानगरपालिका १६ का ४० वर्षीय यादवलाल कायस्थ पनि पक्राउ परेका छन्।

सो घटनामा अरु चार जना प्रहरी पनि घाइते भएका छन्। यस्तै केही स्थानीय पनि घाइते भएको प्रहरीले जनाएको छ।

सोही घटनाका कारण शुक्रबार बिहानैदेखि ललितपुरको चक्रपथ भित्र कफ्र्यू लगाइएको छ। राति १० बजेसम्म कफ्र्यू कायम रहने ललितपुर प्रशासनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad