समाज


कोरियामा पहिलोपटक नेपालीलाई कोरोना, एउटै कम्पनीमा कार्यरत १८ जना संक्रमित

कोरियामा पहिलोपटक नेपालीलाई कोरोना, एउटै कम्पनीमा कार्यरत १८ जना संक्रमित

नेपालखबर
भदौ १८, २०७७ बिहिबार १३:४२,

दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना स‌ंक्रमण भएको पुष्टि भएको छ।

यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा संक्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ।

कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन्। परीक्षणपछि उनमा कोरोना संक्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।

संक्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेसनमा राखिएको छ। उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad