ad ad

समाज


गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ सय नाघ्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ सय नाघ्यो

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ८:४६,

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २३ सय नाघेको छ।

बिहीबार दिउँसो ३१ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या २ हजार ३०८ पुगेको छ।

बिहीबार दिउँसो १ बजेको अपडेट अनुसार थपिएका ३१ संक्रमितका २९ जना पोखरा महानगरपालिकाका र २ जना तनहुँको व्यास नगरपालिकाका रहेको प्रदेश स्वासथ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङमार्फत पहिचान भएको र उनीहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ निर्देशक शर्माले जानकारी दिए।

बिहीबार बिहान थप नवलपरासी सुस्तापूवृका ३ र पोखरा महानगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .