ad ad

समाज


बाढी प्रभावितका लागि राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङ प्रस्थान

बाढी प्रभावितका लागि राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङ प्रस्थान

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ६:४१,

बागलुङका बाढी प्रभावितका लागि राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ।

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देवेन्द्र पौडेल र राष्ट्रिय विपत जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली बिहीबार बिहान घटनास्थलतर्फ प्रस्थान गरेको हो।

टोली नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर मृत्यु १० जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन्।

बाढीले १३ घर बगाएको र घटना स्थलमा १० जनाको शव फेला परे पनि शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

अहिले प्रहरी र स्थानीयवासीले बेपत्ताको खाजी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .