पीएसजीका अनुसार नेमार र डी मारियासहित अर्का खेलाडी लियन्द्रो पारेदेसलाई पनि कोरोना संक्रमण भएको छ।
स्पेनको इबिजा छुट्टी मनाउन गएका नेमारलाई कोरोना देखिएको इएसपीएनले जनाएको छ।
यस्तै डी मारीया र पारेदेस भने सँगै छुट्टीमा थिए। डी मारियामा कोरोना देखिएपछि पारेदेसमा पनि कोरोना पुष्टि भएको बताइएको छ।
यी सबै खेलाडी सेल्फ आइसोलेसनमा भएको बताइएको छ।
हालैमात्र पीएसजी बायर्न म्युनिखसँगको खेलमा पराजित हुँदै च्याम्पियन्स लिग जित्नबाट बन्चित भएको थियो। एजेन्सी
3
Shares
प्रतिक्रिया