ad ad

राजनीति


गृहमन्त्रीसहित बागलुङ उडेको हेलिकप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गर्‍यो

गृहमन्त्रीसहित बागलुङ उडेको हेलिकप्टर खराब मौसमका कारण पोखरामै ल्याण्ड गर्‍यो

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ७:०,

बागलुङका बाढी प्रभावितका लागि राहत सामग्री लिएर गएको गृहमन्त्री सहितको टोलि खराब मौसमका कारण पोखरामा ल्याण्ड गरेको छ।

बागलुङमा मौसम खराब भएको सूचना आएपछि स्याङजाबाट हेलिकोप्टर पोखरा फर्किएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री रामबहादुर थापा, बागलुङका सांसद देबेन्द्र पौडेल र राष्ट्रिय विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोख्रेलसहितको टोली घटनास्थलतर्फ प्रस्थान गरेको हो।

टोली नेपाली सेनाको हेलिकोप्टरमा त्यसतर्फ गएको छ।

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर ८ जनाको मृत्यु भएको छ।

सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा अझै १३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ।

बाढीले १३ घर बगाएको र घटनास्थलमा ८ जनाको शव फेला परे पनि शवको सनाखत हुन सकेको छैन।

अहिले प्रहरी र स्थानीयवासीहरु हराइरहेका व्यक्तिहरुकाे खोजिमा जुटिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .