ad ad

समाज


बागलुङ बाढी अपडेट : ८ जनाको शव फेला, १३ जना बेपत्ता

बागलुङ बाढी अपडेट : ८ जनाको शव फेला, १३ जना बेपत्ता

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ४:९,

बागलुङको ढोरपाटन नगरपालिकामा गएराति आएको बाढी र पहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ।

सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा अझै १३ जना बेपत्ता भएका प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएको छ। घटना स्थलमा फेला परेका ८ जनाको शवको पहिचान हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीका अनुसार बेपत्ता र मृतकको सङ्ख्या बढ्न सक्ने बताए। ‘बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान गरेका छौँ’, रेग्मीले भने।

अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। रासस

याे पनि ढोरपाटनमा बाढी-पहिरो : तीन जनाको शव फेला, कम्तीमा १० जना बेपत्ता, २ दर्जन घरमा क्षति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .