ad ad

समाज


कोरोना निको हुन्छ भन्ने भ्रम फैलिएपछि डोटीमा पहिले नपिउनेले पनि पिउन थाले रक्सी

कोरोना निको हुन्छ भन्ने भ्रम फैलिएपछि डोटीमा पहिले नपिउनेले पनि पिउन थाले रक्सी

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ३:५९,

डोटीमा रक्सी खाएपछि कोरोना संक्रमण निको हुन्छ भन्ने अफवाह फैलाइएको पाइएको छ।

यही भ्रमका कारण अहिले यहाँका गाउँघरमा रक्सी पिउनेको संख्या ह्वात्तै बढेको स्थानीय बताउँछन्।

पहिले रक्सी नपिउनेहरूले समेत कोरोनाबाट जोगिन भन्दै अहिले पिउन थालेको केआइसिंह गाउँपालिका–६, सेलेनाका रमेशबहादुर बलायरले बताए।

उनले भने, ‘मदिरा पिए कोरोना लाग्दैन भन्ने भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा अन्य घटनासमेत हुन थालेका छन्।’

मदिरा नियन्त्रणका लागि स्थानीय प्रहरी/प्रशासनले थुप्रै प्रयास गरे पनि सफल हुन सकेका छैनन्। मदिराकै कारण जिल्लामा यो आर्थिक वर्षमा मात्रै दजर्न बढी अपराधका घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।

मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूह गठन भए पनि कोरोनाबाट बच्न भन्दै लुकीछिपी रक्सी पिउनेको संख्या बढेको ती समूहमा आबद्ध महिला बताउँछन्।

राससका अनुसार जिल्ला प्रहरी कार्यालय (डोटी) का निमित्त प्रहरी प्रमुख तथा डीएसपी इन्द्रबहादुर मल्लले भने गाउँमा मदिरा कारोबार तथा बेचबिखन बन्देज गरेको दाबी गरेका छन्।  

उनले भने, ‘अवैध मदिरा कारोबारीलाई कार्बाही सुरु गरेका छौं, तर पूर्ण रूपमा निर्मूल पार्न सकेका छैनौं, पहिलेभन्दा अहिले नियन्त्रणमा आएको छ, अवैध मदिरा बन्द गर्न प्रहरी सक्रिय रूपमा लागेको छ।’

तर चिकित्सकले रक्सीले कहिले पनि फाइदा नगर्ने बताएका छन्। बरु रक्सी, चुरोट पिउनेहरूलाई अझ बढी कारोनाको जोखिम हुने अनुसन्धानले देखाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .