ad ad

राजनीति


नेकपा सचिवालय बैठक सर्‍याे

नेकपा सचिवालय बैठक सर्‍याे

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ३:५६,

आज बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक दिउँसो ३ बजेका लागि सरेको छ।

बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक ३ बजेका लागि सारिएको नेकपाका महासचिव विष्णु पौडेलले नेपालखबरलाई जानकारी दिए। उनले बैठक सार्नुपर्नाको कारणबारे भने खुलाएनन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदलले बुझाएको प्रतिवेदन, राष्ट्रियसभाको रिक्त पदमा राष्ट्रपतिबाट मनोनित गर्ने पात्रको छनोट लगायतका विषयमा छलफल गर्ने तयारी छ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रिय सभाको रिक्त पदमा कसलाई मनोनयन गर्ने भन्नेबारेमा अझै सहमति जुट्न सकेको छैन। यस विषयमा अध्यक्षद्वयबीच बुधबार भएको छलफल पनि बिना निष्कर्ष सकिएको थियो।

उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफूलाई सिफारिस गर्नुपर्ने अडान राखेका छन्। नेकपाले गएको १४ फागुनमा राष्ट्रियसभाको रिक्त पदमा गौतमलाई नै लैजाने निर्णय गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्न गौतमले दबाब बढाएका छन्।

तर, प्रधानमन्त्री ओलीले भने वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रिय सभामा मनोनयन गरी मन्त्रालयमा पनि उनैलाई निरन्तरता दिन चाहेका स्रोतले जनाएको छ।

प्रचण्ड माधव नेपाल खेमाले भने राष्ट्रियसभामा वामदेवलाई लैजाने पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने अडान राख्दै आएका छन्।

याे पनि: 
राष्ट्रिय सभा मनोनयन : पहिलो रोजाइमा खतिवडालाई नै राखेका ओलीको यस्तो छ नयाँ रणनीति
राष्ट्रिय सभा सदस्यमा गौतमको अडानले फेरि अप्ठेरोमा ओली
राष्ट्रिय सभामा जाने वामदेवको चाहना : होला त पार्टी निर्णयको कार्यान्वयन?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .