चोरी मुद्दामा चार वर्ष एक महिना कैद तथा तीन लाख १४ हजार नौ सय १८ रुपैयाँ जरिवाना तोकिएका काभ्रेको रोशी गाँउपालिका–१ का छेतन लामा पाँच वर्षपछि पक्राउ परेका छन्।
काठमाडौं जिल्ला अदालतले २०७१ साल माघ ८ गते सो सजाय सुनाएका लामालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सोमबार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो। उनलाई अदालतको फैसला कार्यान्वयनको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेको छ।
२०७१ साल मंसिर३ गते राति छेतन लामा समेतले काठमाडौं महानगरपालिका–२३ स्थित भुतनाथ मैदीको घर कोठामा जबरजस्ती प्रवेश गरी हतियार देखाई ज्यानमार्ने धम्की दिई दुई लाख ६६ हजार सात सय ७५ रुपैयाँ बराबरको नगद तथा सुन समेतको धनमाल चोरी गरेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया