नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले सबैभन्दा बढी काठमाडौँमा ३९३ जनामा कोरोना भाइसरको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार नेपालमा ५ सय भन्दा बढी संक्रमित उपचाररत रहेका जिल्ला १२ वटा रहेका छन्। ती जिल्लामा मोरङ, सुनसरी, धनुषा, बारा, मोहत्तरी, सर्लाही, रौतहट, पर्सा, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर रहेका छन्
संक्रमित शून्य रहेकामा हुम्ला, मुस्ताङ, सोलुखुम्बु, डोल्पा र मुगु जिल्ला रहेका छन्।

प्रतिक्रिया