ad ad

समाज


डाक्टर भोला रिजालका दम्पतिलाई नै कोरोना संक्रमण

डाक्टर भोला रिजालका दम्पतिलाई नै कोरोना संक्रमण

नेपालखबर
भदौ १६, २०७७ मंगलबार १:४८,

वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना पुष्टि भएपछि रिजाल दम्पति ह्याम्स अस्पतालमा भर्ना भएका छन्।

डा.रिजाललाई शनिवार नै कोरोना संक्रमण पुष्टि भएको हो। शनिबारै कोरोना पुष्टि भए पनि आफू आइतवारदेखि मात्रै अस्पतालमा भर्ना भएको डा.रिजालले बताए।

आइतबार केही असजिलो भएपछि अस्पताल भर्ना भएका रिजालले अहिले भने आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य जानकारी दिए। ‘कोरोना संक्रमण हुँदैमा आत्तिनु पर्दैन,’ डा.रिजालले भने।

बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी अहिले कोरोना संक्रमणको उच्च जोखिममा छन्।

कोरोना संक्रमणकै कारण सोमबार महोत्तरीमा एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ। मनरासिसवा ४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .