ad ad

समाज


कोरोना संक्रमितको उपचारका लागि जनमैत्री अस्पताल सञ्चालनमा आयो

कोरोना संक्रमितको उपचारका लागि जनमैत्री अस्पताल सञ्चालनमा आयो

नेपालखबर
भदौ १५, २०७७ सोमबार १३:२,

भूकम्पपछि बन्द रहेको बालाजुस्थित जनमैत्री अस्पताल कोरोना संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइएको छ।

सरकारले जनमैत्री अस्पताललाई हालका लागि कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेको उक्त अस्पताल सोमबारदेखि सञ्चालनमा आएको हो।

काठमाडौँ महानगरपालिकाको विशेष पहलमा सरकारले निर्णय गरेपछि उक्त अस्पताल १०० वेड क्षमतासहित आजदेखि सञ्चालनमा आएको काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।

उक्त अस्पतालमा शुरुको चरणमा ६ जना चिकित्सक र १२ जना नर्सले सेवा दिनेछन्। बिरामीको अवस्था हेरेर स्वास्थ्य जनशक्ति थप गरिने महानगरपालिकाले जनाएको छ। विसं २०७२ को भूकम्पपछि उक्त अस्पताल बन्द हुँदै आएको थियो।

अस्पताल खुलाउन काठमाडौँ महानगरपालिका–१६ ले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्दै पत्राचार गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .