समाज


जर्मनीमा कोरोनाका कारण लगाइएको प्रतिबन्धविरुद्ध हजारौंले मास्क नलगाई प्रदर्शन गरे

जर्मनीमा कोरोनाका कारण लगाइएको प्रतिबन्धविरुद्ध हजारौंले मास्क नलगाई प्रदर्शन गरे

नेपालखबर
भदौ १४, २०७७ आइतबार ६:३१,

दुई समूह बनाएर गरिएको प्रदर्शनमा ३८ हजारभन्दा बढी समभागी भएको बीबीसीले जनाएको छ। प्रदर्शनकारीले मास्क नलगाई प्रतिबन्धविरुद्ध प्रदर्शन गरेका हुन्।

शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमध्ये ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ।

प्रदर्शनमा प्रदर्शनकारी मास्क बिना उपस्थित देखिएका थिए भने प्रहरीले मास्क लगाएका थिए।

जर्मनी कोरोना भाइरस सङ्क्रमणबाट हुने मृत्युदर न्यून भएका देशहरूमध्ये एक हो।

Protesters near the Victory Column

त्यहाँकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिवाना गर्ने नियम बिहीबार जारी गरेका छन्।

सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध आउँदो वर्षसम्मको निम्ति बढाइएको छ। मेर्केलले जाडो याममा सङ्क्रमणको चुनौती बढ्नसक्ने बताएकी छन्। एजेन्सी

Some protesters broke through to the Reichstag before being dispersed

Berlin: Thousands protest against coronavirus restrictions - YouTube

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad