समाज


भक्तपुरमा परिवारले अस्पताल लान नदिएर घरमै राखेका संक्रमितको मृत्यु

भक्तपुरमा परिवारले अस्पताल लान नदिएर घरमै राखेका संक्रमितको मृत्यु

नेपालखबर
भदौ १४, २०७७ आइतबार ५:११,

भक्तपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

घरमै आइसोलेसनमा बसेका भक्तपुर नगरपालिका-१, दूधपाटीका ६५ वर्षीय पुरुषको मृत्यु भएको हो।

उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका ती संक्रमितको मृत्यु शनिबार राति भएको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए।

श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पीसीआर परीक्षण गरिएको थियाे भने भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएकाे थियाे।

त्यसपछि उनलाई अस्पताल जान भनिए पनि परिवारले होम आइसोलेसनमै राख्ने बताएपछि उनी घरमै बसेका थिए।

वडाध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार स्वास्थ्यकर्मीले सङ्क्रमितलाई अस्पताल लैजान अनुरोध गर्दा परिवारले उनले एक्लै खान नसक्ने भएकाले घरमै राखेका थिए।

नेपाली सेनाको टोलीले शव आज व्यवस्थापन गर्ने नेपाली सेना वीरदल गणका गणपति शिव पौडेलले जानकारी दिए।

यसअघि शनिबार बिहान पनि पाटन अस्पतालमा मध्यपुरथिमि नगरपालिका नगदेशकी ६२ वर्षीया एक सङ्क्रमितको मृत्यु भएको थियो।

भक्तपुरमा हालसम्म चार महिला र तीन पुरुष गरी सात कोरोना सङ्क्रमितको मृत्यु भएको छ।रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad