भुटानले कोरोना महामारी रोक्न सुर्तीजन्य पदार्थमा लगाएको प्रतिबन्ध हटाएको छ।
एक दशकअघि भुटानले चुरोटसहित सुर्तीजन्य वस्तुको उत्पादन तथा बिक्रीमा लगाएको बन्देज अस्थायी रूपमा हटाएको हो।
त्यहाँका प्रधानमन्त्री डा. लेटे छिरिङ नेतृत्वको सरकारले गरेको निर्णयले गर्ने फाइदा/बेफाइदाबारे बहस सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
कोरोनो महाकारीका कारण भुटान सरकारले भारतसँगको सीमा बन्द गरेपछि चुरोटको मूल्य ४ गुणाले बढेको थियो। जसले तस्करी बढाएको थियो।
महामारी रोक्न भुटानले भारतसँगका सीमा मार्च तेस्रो सातादेखि बन्द गरेको थियो। चुरोटको तस्करी रोक्न भनेर स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिए पनि रोक्न सकेको थिएन।
भुटानमा जनसंख्याको २५ प्रतिशत १५ वर्षभन्दा बढी उमेरकाले सुर्तीजन्य वस्तु खाने गरेको सर्वेक्षणले देखाएका छन्।
भुटानको सुर्तीजन्य वस्तु विक्री नियन्त्रण ऐनले सुर्तीबाट बन्ने वस्तुको बिक्री, उत्पादन , वितरण र प्रवर्द्धन रोक लगाएको छ। तर व्यक्तिगत उपभोगका लागि सीमित आयात गर्न पाइने व्यवस्था छ।
पछिल्लो तथ्याकंअनुसार भुटानमा १ सय ९५ जना कोरोनाबाट संक्रमित भएका छन्। जसमध्ये १ सय ३५ जना निको भएका छन्। एजेन्सी

प्रतिक्रिया