समाज


गर्भवती सबार एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

गर्भवती सबार एम्बुलेन्स दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

नेपालखबर
भदौ १४, २०७७ आइतबार ३:२६,

स्याङ्जको वालिङ नगरपालिका-५ मजकोटमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा एक गर्भवती महिलासहित दुई जना गम्भीर घाइते भएका छन्।

बा २ झ ४०११ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब ५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका चारमध्ये दुई जनाको गह्रौ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख हरि सुवेदीले जानकारी दिए।

दुर्घटनामा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट १० का २५ वर्षीय श्याम पङ्गेनीको मृत्यु भएको प्रहरीले जनाएको छ। वालिङ चापाकोट भित्री सडकखण्डमा काठमाडौँबाट चापाकोट जाँदै गरेको एम्बुलेन्स सडकदेखि अन्दाजी अढाई सय मिटर तल खसेर दुर्घटना भएको हो।

घाइतेमध्ये चापाकोट–९ की २८ वर्षीया पवित्रा पोखरेल र एम्बुलेन्स चालक सोही ठाउँमा ३१ वर्षीय सुरेन्द्र भण्डारीलाई गह्रौ प्राथमिक अस्पताल वालिङमा सामान्य उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको प्रहरीले नजाएको छ।

दुर्घटनामा घाइते पवित्रा सुत्केरी हुन काठमाडौँबाट घर आउँदै गर्दा एम्बुलेन्स दुर्घटनामा परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad