समाज


कोरोना नियन्त्रणका लागि लागू प्रतिबन्ध खुलाउन माग गर्दै ३८ हजार जर्मनी सडकमा

कोरोना नियन्त्रणका लागि लागू प्रतिबन्ध खुलाउन माग गर्दै ३८ हजार जर्मनी सडकमा

नेपालखबर
भदौ १४, २०७७ आइतबार २:५,

जर्मनीमा कोरोना नियन्त्रणका लागि सरकारले लागू गरेको प्रतिबन्ध खुलाउन माग गर्दै विशाल जनप्रदर्शन गरिएको छ।

जर्मनीको बर्लिनमा भएको विरोध प्रदर्शनमा सहभागी ३ सय जनालाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ।

बीबीसीका अनुसार शान्तिपूर्ण प्रदर्शनमा ३८ हजार मानिस सहभागी छन्।

कोरोना भाइरसका नाममा सार्वजनिक जीवनमा प्रतिबन्ध लगाउन नहुने माग उनीहरूले गरेका छन्।

साथै लन्डन, पेरिस, भियना, ज्युरिचलगायत युरोपका अन्य सहरमा पनि यस्ता प्रदर्शन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad