ad ad

समाज


नेपालमा पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिए, ३१३ निको भए

नेपालमा पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिए, ३१३ निको भए

नेपालखबर
भदौ १३, २०७७ शनिबार १०:३९,

नेपालमा पछिल्लो २४ घण्टामा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबारको स्वास्थय तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।

संक्रमितमध्ये २४२ महिला र ६४२ पुरुष रहेका छन्।

प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ रहेको छ।

याे पनिनेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, आज १२ जनाको मृत्यु

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५१६ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ३१३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या २० हजार ५५५ पुगेको छ।

याे पनि :  उपत्यकामा १८६ कोरोना संक्रमित थपिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .