ad ad

समाज


नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, आज १२ जनाको मृत्यु

 नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो,  आज १२ जनाको मृत्यु

नेपालखबर
भदौ १३, २०७७ शनिबार १०:५९,

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय नाघेको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको हो।

शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन्।

याे पनि  :  नेपालमा पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिए, ३१३ निको भए

प्रवक्ता गौतमका अनुसार पाल्पाकी ३०, काठमाडौँकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो।

त्यस्तै पर्साका ४८, ३९, सिरहा ८४, गोरखामा ३८, काठमाडौँमा ८३, ललितपुरमा ७२ र ६१, भक्तपुरमा ८२ र कास्कीका ५८ वर्षीय पुरुषको पनि संक्रमणबाट निधन भएको हो।

कोरोनाबाट मृत्यु हुनेको प्रतिशत संक्रमितमध्ये ०.५५ प्रतिशत रहेको प्रवक्ता गौतमले बताए।

याे पनि :  उपत्यकामा १८६ कोरोना संक्रमित थपिए

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .