कैलालीको टीकापुरबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका–७ कालाकुण्डा बैदी का १९ वर्षीयरोशन बुढा रहेका छन्।
शंकास्पद तवरले हिँडिरहेकका बुढालाई प्रहरीले चेकजाँच गर्दा निजको साथबाट लागु औषध नाइट्राभेम–१० लेखेको ट्याब्लेट थान १४८ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई लागुऔषध शिर्षकमा मुद्दा दर्ता गरी कैलाली जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रतिक्रिया