ad ad

समाज


अध्ययन भन्छ : कोरोना संक्रमणबाट नेपालमा ४९ हजार जनाको मृत्यु हुन सक्छ

अध्ययन भन्छ : कोरोना संक्रमणबाट नेपालमा ४९ हजार जनाको मृत्यु हुन सक्छ

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार १४:५६,

कोरोना भाइरसको संक्रमणबाट नेपालमा ४९ हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ।

यूकेएड, अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट र युनिभर्सिटी अफ अक्सफोर्डले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा कोरोनाबाट ४९ हजार २ सय जनाको मृत्यु हुन सक्ने अनुमान गरेको हो।

‘मोडलिङ अफ कोभिड-१९ स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले कोरोना संक्रमितमध्ये २५ प्रतिशतको मृत्यु हुन सक्ने निष्कर्ष निकालेको हो।

तर नेपालले अवलम्बन गर्ने रणनीतिमा यो कुरा भरपर्ने सुझाव पनि प्रतिवेदनमा दिइएको छ। नेपालले मध्यम किसिमको रणनीति अपनाएमा यसबाट हुने मृत्युकाे संख्यालाई ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै उच्च अवरोधक रणनीति अपनाएका खण्डमा मृतकको संख्यालाई अझ ३३ हजारमा पनि झार्न सकिने प्रतिवेदनमा बताइएको छ।

अन्यथा याे वर्ष (सन् २०२०) काे अन्त्यसम्ममा नेपालमा काेराेनाबाट ४९ हजार २ सय जनाकाे ज्यान जान सक्ने प्रतिवेदनले चेतावनी दिएकाे छ।

अध्ययन प्रतिवेदन हेर्न यहाँ क्लिक गर्नुहाेला। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .