समाज


बेलबारीमा अनौठो घटना : १६ वर्षीया किशोरीमाथि ३ बालकसहित ४ जनाद्वारा सामूहिक बलात्कार

बेलबारीमा अनौठो घटना : १६ वर्षीया किशोरीमाथि ३ बालकसहित ४ जनाद्वारा सामूहिक बलात्कार

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार २:३९,

मोरङको बेलबारीमा अनौठो खालको बलात्कार घटना सार्वजनिक भएको छ।

बेलबारी नगरपालिका ११ कि १६ वर्षीया दलित किशोरीमाथि तीन बालक र एक बयस्क व्यक्तिले सामूहिक बलात्कार गरेका प्रहरीले जनाएको छ।

घटना गएको मंगलबार दिउँसोको हो। इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार स्थानीय जंगलमा निगुरो टिप्न गएकी १६ वर्षीया किशोरीमाथि सुरुमा तीन बालक र पछि गाउँकै ४० वर्षीय होम तामाङले बलात्कार गरेका हुन्।

किशोरीमाथि बलात्कार गर्ने तामाङ घटनापछि फरार छन्। उनी किशोरीले चिनेजानेकै व्यक्ति भएका इन्सपेक्टर ढकालले बताए। ‘पाँचै जना गाउँकै हुन्,’ ढकालले नेपालखबरसँग भने, ‘गाउँकै १२, १३ र १४ वर्षका बालकलाई लिएर किशोरी निगुरो टिप्न जंगल गएको बेला घटना भएको हो। किशोरी र बालक सबै दलित समुदायका हुन्। हामी घटनाको अनुसन्धान गरिरहेका छौँ।’

प्रहरीका अनुसार सुरुमा विभिन्न डरत्रास देखाउँदै तामाङले ती किशोरी र बालकलाई नियन्त्रणमा लिए। पहिला तीन बालकलाई पालैपालो किशोरीमाथि बलात्कार गर्न लगाए। पछि तामाङ आफूले पनि बलात्कार गरेको बयान बालकहरुले प्रहरीलाई दिएका छन्।

प्रहरीका अनुसार बालकहरुलाई प्रयोग गरिसकेपछि तामाङले उनीहरुकै अगाडि किशोरीलाई जबर्जस्ती करणी गरेका हुन्।

तामाङले ज्यान मार्ने धम्की दिएपछि आफूहरुले गलत काम गरेको बालकहरुले बयान दिएका ढकालको भनाई छ। तीनै जना बालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ।

घटनापछि तामाङ फरार रहेकाले खोजी सुरु गरिएको प्रहरीले जनाएको छ। किशोरीको स्वास्थ्य परीक्षणबाट पनि बलात्कार पुष्टि भएको प्रहरीले जनाएको छ। उनको विराटनगरको कोशी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ।

‘तामाङ पक्राउ परेपछि घटनाको बास्तविकता खुल्छ। अहिले बालकहरु हामीलाई डरत्रास देखाएर गलत काम गर्न लगाइएको बताइरहेका छन्,’ ढकालले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad