आज (शुक्रबार) पनि देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित प्रदेशका बासिन्दालाई सतर्कता अपनाउन सुझाव दिएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
गण्डकी प्रदेश, प्रदेश ५, र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।
यस्तै राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
साथै बुलेटिनमा आगामी २४ घण्टा (शुक्रबार बिहान ६ बजदेखि शनिबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श दिइएकाे छ। भनिएको छ–
‘बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिण छ।
साथै भारतको छत्तीसगढ राज्य तथा आसपास न्यून चापिय प्रणाली पनि छ र याे बिस्तारै पश्चिम-उत्तरपश्चिम सर्दै जाने देखिन्छ।
Shares

प्रतिक्रिया