ad ad

समाज


सर्लाहीकाे एकै नगरपालिकामा पानीमा डुबेर दुई र झुण्डिएर एकको मृत्यु

सर्लाहीकाे एकै नगरपालिकामा पानीमा डुबेर दुई र झुण्डिएर एकको मृत्यु

नेपालखबर
भदौ ११, २०७७ बिहिबार ९:५९,

सर्लाहीमा पानीमा डुबेर एक बालिकासहित दुई जनाको ज्यान गएको छ। यस्तै एक जनाको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

प्रहरीका अनुसार बरहथवा नगरपालिका–१० सितापुर बस्ने रामबाबु महत्तोको छोरी अन्दाजी १८/१९ कि पुनम महत्तोको पानीमा डुबेर मृत्यु भएको हो।

हाल मुर्तियामा हजुर आमाको घरमा बस्दै आएकी उनी पहिला देखिनै छारे राग रहेकोमा कसैलाई नसोधी घरबाट बाहिर निस्किएकी र पानी जमेको खाल्टोमा डुबेको प्रहरीले जनाएको छ।

यस्तै, बरहथवा नगरपालिका–३ पथलैया चौक बस्ने नविन महत्तोको छोरी वर्ष ३ कि पुनम कुमारीको आफ्नै कलको पानि जम्मा हुने खाल्टोमा डुबि मृत्यु भएको छ। ओछ्यानबाट उठेर बाहिर गएकी बालिका पानी जमेको खाल्टोमा परेकी थिइन्।

यता, सर्लाहीकै बरहथवा–१६ प्रेमनगर बस्ने रामदेव महारको छोरा वर्ष ४०को दिपक रामले आफ्नै घरको बाँसको बलोमा साडीको पासो लगाई आत्महत्या गरेका छन्। झुन्डिएको अवस्थामा उनको श्रीमतीले देख्नासाथ पासो काटेर खाटमा सुताएकोमा निजको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .