समाज


प्रदेश अस्पतालका ६ चिकित्सकमा कारोना संक्रमण

प्रदेश अस्पतालका ६ चिकित्सकमा कारोना संक्रमण

नेपालखबर
भदौ ११, २०७७ बिहिबार २:१८,

प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ।

अस्पताल स्रोतका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन्। अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ।

अस्पतालका निर्देशक डा.डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप छ। कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको छ।हाल कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन्। चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले आजदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ।

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गरिने निर्देशक खड्काको भनाइ छ। यस अघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad