समाज


कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमै !

कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमै !

नेपालखबर
भदौ ११, २०७७ बिहिबार २:३०,

स्कटल्यान्डमा कोरोना परीक्षणको रिपोर्ट अब १२ मिनेटमा आउने भएको छ।

यसका लागि स्कटल्यान्ड सरकारले लुमिराडिएक्स कम्पनीसँग सम्झौता गरिसकेको छ भने ३०० र्यापिड टेस्टिङ मेसिन र ५ लाख नमुना परीक्षणका लागि ६७ लाख पाउन्ड डलर खर्च गर्ने भएको छ।

स्वास्थ्य उपकरण बनाउने लुमिराडिएक्स कम्पनीले अब स्टरलिङस्थित आफ्नो कारखानामा विशेष परीक्षण मेसिन बनाउनेछ। जसलाई सजिलै एक ठाउँबाट अर्काे ठाउँमा लान सकिनेछ।

कोरोना परीक्षणको मान्यता अमेरिकाको फेडलर ड्रग एडमिनेस्ट्रेसनले दिन्छ र अहिले स्कटल्यान्ड र युरोप यो प्राप्तीको अन्तिम चरणमा छन्।

स्कटल्यान्ड सरकारका मन्त्री इवान म्याक्की भन्छन्, ‘लुमिराडिएक्ससँग जुन सम्झौता भएको छ, यसअन्तर्गत उसले हामीलाई १२ मिनेटमा कोरोना परीक्षणको रिपोर्ट आउने स्वास्थ्य उपकरण उपलब्ध गराउने छ। जुन कोरोना महामारीविरुद्धको युद्धमा महत्वपूर्ण हुनेछ।’

लुमिराडिएक्स कम्पनीका प्रमुख एग्जीक्युटिभ रन ज्वानजिगरका अनुसार उक्त मेसिनले कोरोनाको रिपोर्ट छिटै दिने मात्र होइन, नतिजा सही निकाल्नेछ र यसआधारमा चिकित्सकले बिरामीको उपचार चाँडै गर्न सक्नेछन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad