ad ad

समाज


प्रदेश २ मा थपिए २४६ संक्रमित, यस्ताे छ आजसम्मकाे अवस्था

प्रदेश २ मा थपिए २४६ संक्रमित, यस्ताे छ आजसम्मकाे अवस्था

शैलेन्द्र महतो
भदौ १०, २०७७ बुधबार १३:१६,

प्रदेश २ मा बुधबार ६० जना महिलासहित २४६ कोरोना संक्रमित थपिएका छन्।

सबैभन्दा सर्लाहीमा ७१ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै धनुषामा ३३, महोत्तरीमा २०, सिरहामा २, बारामा ५३, पर्सामा ५४, र रौतहटमा १३ जनामा संक्रमण भेटिएको समाजिक विकास मन्त्रालय प्रदेश २ का बरिष्ट चिकित्सक डा. कमलेश यादवले जानकारी दिए।

योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९ हजार ४ सय २७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशको विभिन्न अस्पताल तथा आइसोलेशनबाट उपचार पश्चात कोरोना मुक्त भएर ५ महिलासहित १२८ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

प्रदेश २ मा स‌ंक्रमित, कहाँ कति?

2_10.jpg

3_9.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .