खेल


लामगादेमाथि हातपात गर्नेलाई कारबाही गर्न एथलेटिक्स संघको माग

लामगादेमाथि हातपात गर्नेलाई कारबाही गर्न एथलेटिक्स संघको माग

नेपालखबर
भदौ १०, २०७७ बुधबार १०:३०,

एथलेटिक्स खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिट प्रति नेपाल एथलेटिक्स सघंले भर्त्सना गरेको छ। 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा २ वटा स्वर्ण पदक विजेता लामगादेमाथि भएको कुटपिट तथा गाली गलौजप्रति संघले विज्ञप्ति निकालेर भत्सर्ना गरेको छ।

सोमबार राति झापाको मेचीनगर १३ चारआलीमा जातीय रुपमा गालीगलौज गरि एक दम्पत्तीले चन्द्रकलासहित उनका श्रीमान र अर्का एक राजन दर्जीलाई कुटपिट गरेका थिए। संघले घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै सत्यतथ्य छानबिन गरी कानुनी कारबाही गर्न माग समेत गरेको छ।

कुटपिटबाट घाइते भएकी लामगादेको उपचारको लागि २१ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने संघका अध्यक्ष राजिव विक्रम शाहले जनाएका छन्।

साथै संघले कुटपिटबाट घाइते लामगादेसहित उनका श्रीमान र राजन दर्जीको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad