ad ad

समाज


दक्षिण कोरियामा नयाँ संक्रमणको जोखिम बढेपछि सोलका विद्यालय बन्द

दक्षिण कोरियामा नयाँ संक्रमणको जोखिम बढेपछि सोलका विद्यालय बन्द

नेपालखबर
भदौ १०, २०७७ बुधबार ७:१४,

गएको दुईहप्तामा कोरियाका विद्यालयका शिक्षक र विद्यार्थीहरु गरी झन्डै दुईसय कोरोना संक्रमित बनेपछि विद्यालय बन्द गर्न भनिएको हो।

त्यहाँको शिक्षा मन्त्रालयका अनुसार अनलाईन कक्षा भने संचालन हुनेछन्। गत मे बाट दक्षिण कोरियामा विद्यालयहरु पुनः खोलिएका थिए।

तर पछिल्लो समय कोरोनाका नयाँ संक्रमितहरु देखिन थालेका छन्। मंगलबार मात्र कोरियामा २८० नयाँ संक्रमित भेटिएका थिए।

दक्षिण कोरिया समग्रमा कोरोनाबाट धेरै प्रभावित राष्ट्र भने होइन। हालपनि कोरोना नियन्त्रण गर्न विश्वका कयौं देशहरुमा कोरियाली मोडल अपनाइएको छ।

यहाँ हालसम्म १७ हजार ९४५ मा कोरोना पुष्टि भएको छ। संक्रमितमध्ये ३१० को मृत्यु भइसकेको छ भने १४ हजार निको भएर घर फर्किसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .