ad ad

समाज


धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका कोरोना संक्रमितको मृत्यु

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका कोरोना संक्रमितको मृत्यु

नेपालखबर
भदौ १०, २०७७ बुधबार ७:२१,

धुलिखेल अस्पतालमा उपचाररत भक्तपुरका एक कोरोना संक्रमितको गएराति मृत्यु भएको छ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी ५५ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टले मंगलबार राति उपचारका क्रममा ती पुरुषको मृत्यु भएको जनाएको छ। पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्रकुमार झाले तीन दिनअघि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।

ती पुरुष मुटु र थाइराइडको समस्याबाट पीडित भएकाले उपचारका लागि धुलिखेल अस्पताल भर्ना भएको झाले बताए।

पछिल्लो केही हप्तायता काभ्रेपलाञ्चोकमासमेत कोरोना संक्रमण बढ्दै गएको छ। पोीटका अनुसार कुल संक्रमितमध्ये एक पुरुष र एक महिलाको मृत्यु भएको छ भने ६३ उपचारपछि घर फर्किएका छन्। बाँकी ९८ संक्रमितको विभिन्न स्थानको आइसोलेशनमा उपचाररत रहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .