ad ad

कारोबार


चरम अभावका बीच साल्ट ट्रेडिङले आयात गरेको मल नेपाल भित्रिँदै

चरम अभावका बीच साल्ट ट्रेडिङले आयात गरेको मल नेपाल भित्रिँदै

नेपालखबर
भदौ १०, २०७७ बुधबार ७:१३,

यो वर्ष धान खेतीको लागि मल चरम अभाव भयो। नेपालको मल आयात गर्ने प्रमुख संस्था कृषि सामग्री केन्द्रले मल उपलब्ध गराउन नसक्दा देशभर भएको धान खेतीले मल पाउन सकेन।

कृषि सामग्री केन्द्रले आयात गर्ने मल आउने अत्तोपत्तो अझैसम्म छैन। कृषि सामग्री केन्द्रबाहेक थोरै परिमाणमा मल आयात गर्ने संस्था साल्ट ट्रेडिङ कर्पोरेसन पनि हो।

साल्ट ट्रेडिङले भने हरेक वर्ष समयमा नै मल उपलब्ध गराउँदै आएको छ। यो वर्ष भने कोरोना संक्रमण र त्यसपछि भएको विश्वव्यापी लकडाउनको कारण साल्ट ट्रेडिङको पनि केही मल आउन ढिलाइ भयो।

गत आर्थिक वर्षमा साल्ट ट्रेडिङले ९७ हजार ५ सय मेट्रिक टन रासायनिक मल आयातको कोटा पाएको थियो। त्यसमा पछि सरकारले थप डीएपी २५ हजार मेट्रिकटन र युरिया २१ हजार मेट्रिक टन आयात गर्न कृषि तथा पशुपन्छी मन्त्रालयले अनुमति दियो।

साल्ट ट्रेडिङले सबै मल आयात गरेको थियो। जसमा लकडाउनको कारण २१ हजार मेट्रिकटन युरिया मल भने आयत प्रक्रिया भइसकेर कोलकातामै रोकिएको थियो।

कृषि सामग्री केन्द्रको मल आयात नै नहुनु र साल्ट ट्रेडिङको पनि केही मल आयात नहुनले अहिलेसम्म पनि देशभर मल अभाव नै छ। तर धानमा मल हाल्ने समय भने घर्किएको छैन।

साल्ट ट्रेडिङका विभागीय प्रबन्धकले ब्रजेश झाले नेपालखबरलाई जानकारी गराएअनुसार रोकिएको मल पनि आयात हुन थालिसकेको छ। गत शुक्रबारदेखि मल नेपाल भित्रिएको छ।

साल्ट ट्रेडिङले गत आर्थिक वर्षमा पाएको कोटा मध्येको २१ हजार मेट्रिक टन युरिया नयाँ आर्थिक वर्षमा रहेको कोटाअनुसारको पनि एलसी खोलेर आयात गर्न सुरु गरिसकेको छ।

सोहीअनुसार मंगलबार मात्रै २५ सय टन युरिया मल वीरगञ्ज आइपुगेको छ। शुक्रबार ६ सय टन मल विराटनगर आएको थियो। उक्त मल किसानहरुलाई वितरणको प्रक्रिया अपनाइसकेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .