कोरोना संक्रमणका कारण काठमाडौंका थप एक जनाको मृत्यु भएको छ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५४ वर्षीय पुरुषको मृत्यु भएको हो।
गत साउन २३ गते पाटन अस्पतालमा भर्ना भएका उनको मंगलबार राति ९:३० बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
तर उनी काठमाडौंको कुन ठाउँको भनेर ललितपुर स्वास्थ्य कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छैन।


प्रतिक्रिया