समाज


कोरोना : बाँकेमा थप एक जनाको मृत्यु, लमजुङमा १७ सेनासहित २३ संक्रमित थपिए

कोरोना : बाँकेमा थप एक जनाको मृत्यु, लमजुङमा १७ सेनासहित २३ संक्रमित थपिए

प्रकाश न्यौपाने/वाशुदेव मिश्र
भदौ १०, २०७७ बुधबार २:८,

कोरोना भाइरसबाट बाँकेमा थप एक जनाको मृत्यु भएको छ भने लमजुङमा १७ सेनासहित २३ जना संक्रमित भएका छन्।  

बाँके स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१ का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको हाे। 

नेपालगन्ज मेडिकल कलेजमा भर्ना गरिएका ती पुरुषको दुवै फोक्सोमा निमोनिया देखिएको थियो। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएकाे थियो।

छातीमा समस्या भएपछि उनलाई यही भदौ ८ गते अस्पताल भर्ना गरिएकाे थियाे। उनमा ९ गते कोरोना पुष्टि भएको थियो।

उनीसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको श्रेष्ठले जानकारी दिए। 

लमजुङमा १७ सेनासहित थप २३ संक्रमित
लमजुङमा १७ नेपाली सेनासहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। 

त्यहाँको श्रीजंग दलमा कार्यरत २९ वर्षीय जवानलाई संक्रमण पुष्टि भएपछि गरिएकाे कन्ट्याक्ट ट्रेसिङका क्रममा थप १७  सैनिक संक्रमित पाइएका हुन्।

यस्तै थप संक्रमितमा ग्लोबल आईएमई बैंकका सुरक्षा गार्ड पनि रहेकाे गण्डकी स्वास्थ्य निर्देशनालयले बुधबार बिहान जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ।

यस्तै बेँसीसहर वडा नम्बर ८ का थप २ जनामा पनि संक्रमण देखिएको छ।

पोखरा महानगरपालिका वडा नम्बर ११ मा रहेको साई अर्चना अस्पतालमा कार्यरत ४६ वर्षीय स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले पुष्टि गरे।

यसअघि यहाँको गण्डकी अस्पताल, कास्की सेवा अस्पताल, मनाङ र बागलुङका स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको थियो।

याेसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ हजार ९३६ पुगेकाे छ। तीमध्ये १ हजार ६४३ भने संक्रमणमुक्त भइसकेका छन्। 

विज्ञप्ति हेर्नुहाेस्-

pobiii

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad