भारतको मध्यप्रदेशस्थित एक घरका पाँच जना आफ्नै घरमा झुण्ड्याएर हत्या गरिएको अवस्थामा फेला परेका छन्।
परिवारका सबै सदस्यलाई झुण्ड्याइएको भन्ने सूचना पाएपछि गएको प्रहरीले उनीहरूको हत्या गरिएको पाइएको जनाएको हो।
आइतबार राति घटना भएको प्रहरीले जनाएको छ। सबै शवलाई प्रहरीले पोस्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी दिएको छ।
उनीहरू एकै घरका परिवार रहेको जानकारी छिमेकीले दिएका छन् भने हत्या किन र कसले गरेको हो भन्ने बारेमा केही थाहा भएको छैन। साथै महिला पुरुष कति, उमेर कति समाचारमा पनि समाचारमा खुलाइएको छैन।
भारतीय प्रहरीका अनुसार यस घटनाको ‘फोरेन्सिक साइन्स ल्याब’का अधिकारीहरूको सहयोगमा अनुसन्धान भइरेहको र अनुसन्धानपछि त्यो घटना किन र कसरी भएको हो भन्ने बारेमा पत्ता लाग्ने छ।
भारतीय राज्य मध्यप्रदेशको टिकमगर जिल्लामा सो दुर्घटना भएको बताइएको छ।
आइतबार राति घरका सबै जना सदस्यलाई झुण्ड्याएर हत्या गरिएको भने पुष्टि भएको टिकामगरका एसपी प्रशान्त खरेले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन्।
घटनाकाे वैज्ञानिक रूपमा अनुसन्धान गर्ने र सबै कुरा अनुसन्धानपछि मात्र भन्न सकिने उनले बताएका छन्। रासस/एएनआई

प्रतिक्रिया