कारोबार


झण्डै ४ खर्बले बढ्यो विदेशी मुद्रा सञ्चिति

झण्डै ४ खर्बले बढ्यो विदेशी मुद्रा सञ्चिति

नेपालखबर
भदौ ८, २०७७ सोमबार १३:४८,

नेपालको विदेशी मुद्रा सञ्चिति ४ खर्ब रुपैयाँ हाराहारीमा बढेको छ।

२०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४‍‍.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड पुगेको हो।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड पुगेको छ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ असार मसान्तमा १ खर्ब ७५ अर्ब ७१ करोड पुगेको छ।
२०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad