समाज


दुई महिनापछि आरती होसमा

दुई महिनापछि आरती होसमा

नेपालखबर
साउन ५, २०७६ आइतबार १५:४८,

आक्रमणमा परी सख्त घाइते भएकी झापाको मेचीनगर नगरपालिका–१० की आरती चौहानको दुई महिनापछि होस खुलेको छ।

गत जेठ ८ गते राति मेचीनगर–१० का ३५ वर्षीय सुरज श्रेष्ठ र ३१ वर्षीय नवराज गिरीले चौहानलाई धारिलो हतियारले टाउकामा प्रहार गरी सख्त घाइते बनाएका थिए। दुवै जनालाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ। घाइते चौहानको बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचार भइरहेको छ।

अभियुक्त श्रेष्ठ र गिरीविरुद्ध ज्यान मार्ने उद्योग र डाँका मुद्दा दर्ता भएको थियो। चौहानका पति ओमकुमार बुढाथोकीले घटना भएकै दिन रु एक लाख ४० हजारको धनमाल डाँका गरेको जाहेरीसमेत प्रहरीमा दिएका थिए।

बुढाथोकीले आरतीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भइरहेको बताए। उनलाई हाल सामान्य कक्षमा राखिएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad