अटो


वार्षिकोत्सवको दिन ग्वार्कोमा मेगा मोटर्सले खोल्यो नयाँ शोरुम

वार्षिकोत्सवको दिन ग्वार्कोमा मेगा मोटर्सले खोल्यो नयाँ शोरुम

नेपालखबर
साउन ५, २०७६ आइतबार १५:३५,

काठमाडौं उपत्यकाको निशान र ड्याटसन गाडीको आधिकारिक बिक्रेता कम्पनी मेगा मोटर्सले ग्वार्कोमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ। कम्पनीले आठौँ वार्षिकोत्सवकै दिन ललितपुरको ग्वार्कोमा नयाँ शोरुम खोलेको हो।

शोरुमको उद्घाटन नेपालमा निसान र ड्याटसन गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटोकर्पका प्रबन्धनिर्देशक सन्दीप सारडाले गरेका हुन्। त्यस्तै कम्पनीले निशान र ड्याटसन गाडीका सबै रेन्जहरुमा ‘मेगा एक्सचेन्ज अफर’ समेत लागू गरेको छ। आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यस स्थानमा शोरुम खोलिएको कम्पनीले जनाएको छ। यो शोरुम मेगा मोटर्सको काठमाडौं उपत्यकाभित्र दोस्रो आउटलेट हो।

datson 1

कार्यक्रममा पायोनियरका सारडाले ग्राहकले रुचाएको डिलर बन्न सफल भएको भन्दै मेगा मोटर्सलाई बधाई दिएका थिए। उनले निशान र ड्याटसनका नयाँ मोडलका गाडी नेपाल भित्रिँदा मेगा मोटर्सको महत्वपूर्ण भूमिका रहने बताए। सोही कार्यक्रममा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव अनुप कुमार बरालको पनि उपस्थिति थियो।

उनले अटोमोबाइल भन्नासाथ मोबिलिटी जोडिएर आउने जनाउँदै यो विना जीवन नै असम्भव भएको टिप्पणी गरे। उनले पनि कम्पनीलाई आगामी दिनमा सफलतापूर्वक अघि बढ्नेमा विश्वस्त रहेको बताए। पायोनियरकै एजीएम ज्ञानेन्द्र चन्द, अन्य विशिष्ट अधिकारीहरुलगायतको कार्यक्रममा उपस्थिति रहेको थियो।

datson 2

सो क्रममा अटोमोबाइल क्षेत्रमा योगदान पुर्याउने पत्रकारहरुलाई सम्मान समेत गरिएको थियो। त्यस्तै सामुदायिक बाल उद्यान केन्द्रलाई नगद सहयोगका लागि चेक हस्तान्तरण गरिएको थियो।

मेगा मोटर्सका म्यानेजिंग डाइरेक्टर महेश पाल रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad