समाज


बढ्याे फेरि ठूलो वर्षाको सम्भावना

बढ्याे फेरि ठूलो वर्षाको सम्भावना

नेपालखबर
भदौ ८, २०७७ सोमबार ६:१०,

केही दिनयता दिउँसो–दिउँसो घाम लाग्ने गरेकामा आज साेमबारदेखि वर्षा बढ्ने सम्भावना देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुासर हाल नेपालमा भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रका साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत सामान्य प्रभाव परिरहेको छ।

सोही कारण आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

यस्तै राति पनि केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

मंगलबार
दिउँसो बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना, प्रदेश १, बागमती प्रदेश, र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना।

यस्तै राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना।

बुधबार
दिउँसो देशभर सामान्यतया बदली रही धेरे स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना।

राति देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना। प्रदेश नं १ का एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना।

तीन दिनसम्मकाे माैसमअनुमानसहित महाशाखाले साेमबार बिहान ६ बजे जारी गरेकाे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शमा भनिएकाे छ-                     

‘प्रदेश १,  बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई १-२ स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त स्थानका नदीमा बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad