ad ad

समाज


बर्दिबासमा प्रहरी हवल्दारको आतंक : कुटपिटदेखि धम्क्याएर रक्सी माग्नेसम्म

बर्दिबासमा प्रहरी हवल्दारको आतंक : कुटपिटदेखि धम्क्याएर रक्सी माग्नेसम्म

शैलेन्द्र महतो
भदौ ८, २०७७ सोमबार ४:५९,

बर्दिबासमा एक प्रहरी हवल्दारले स्थानीय व्यवसायीसँग रक्सी माग्नेदेखि कुटपिट गर्नेसम्मका कार्य गरी आतंकनै मच्चाउने गरेको खुलासा भएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत प्रहरी हवल्दार फुलगेन मण्डलमाथि स्थानीय व्यवसायीहरुलाई धम्क्याएर रक्सी माग्ने तथा कुटपिट गर्ने गरेको आरोप लागेको हो।

गत साउन ३ गते साँझ सवा ७ बजे बर्दिबासको सुरेश ग्यारेजका संचालक सुरेश यादवमाथि हवल्दार मण्डलसहित दुई जना प्रहरीले कुटपिट गरेका थिए। ग्यारेज अगाडि फोनमा कुरा गरिरहेको बेला मोटरसाइकलमा आएका मण्डलसहित दुई प्रहरीले विनाकारण मुक्का र बुट प्रहार गरेको पीडित यादवले बताएका छन्। हवल्दार मण्डलसहित दुई जना प्रहरीले अचानक आएर केही नभनी कुटपिट गरेको प्रमाणभिडियो समेत छ।

‘साँझ पख ग्यारेज अगाडि म फोनमा कुरा गरिरहेको थिएँ। हवल्दार मण्डलसहित दुई प्रहरी मोटरसाइकलमा आएर अचानक ममाथि आक्रमण गर्नु भो’, पीडित ग्यारेज संचालक यादवले नेपालखबरसँग भने, ‘रक्सीले मातेका हवल्दार मण्डलले धक्का दिँदै ममाथि मुक्का र बुटले प्रहार गर्नुभो। प्रहरीले बुटले कुटेको डाम अहिले पनि मेरो अनुहारमा छँदैछ। मैले केही गल्ती गरेको भए कानुन बमोजिम कारबाही गर्दा हुन्थ्यो नि †’

घटनाको भोलिपल्ट पीडित इलाका प्रहरी कार्यालय बर्दिबासमा पुग्दा डीएसपी राजन चापागाईं आफू बजारतिर भएको र आएपछि फोन गरेर बोलाउँछु भनेपछि उनी फर्केका थिए। तर, डीएसपी अहिलेसम्म फोन गरेर नबोलाएको पीडित यादवको गुनासो छ।

इलाकामा कुटपिटको गुनासो लिएर पुगेपछि कुटपिट गर्ने हवल्दार मण्डल फेरि ग्यारजेमा आएर किन भिडियो खिचेको, इलाकामा किन पुगेको भन्दै पीडितलाइृ धम्क्याएका थिए। उनले जहाँ पुगे पनि आफूलाई कसैले केही गर्न नसक्ने भन्दै पीडित यादवलाई चेतावनी दिएका थिए।

दुई वर्षदेखि इलाका प्रहरी कार्यालय बर्दिबासमा कार्यरत्त हवल्दार मण्डल बर्दिबास चौकको बिटमा ड्युटी बस्ने गरेका छन्। उनले स्थानीय व्यवसायीहरुसँग निःशुल्क रक्सी समेत माग्ने गरेको खुलेको छ। एक स्थानीय व्यवसायीले नाम नखोल्ने सर्तमा भने ‘हवल्दार मण्डल बेला–बेला आएर विभिन्न बहानामा धाकधम्की दिँदै रक्सी मागेर लाग्छन्। नदिनेलाई विभिन्न बहानामा गोद्छन्। पैसा माग्दैनन्। हाई क्वालिटीको रक्सी नै माग्छन्। उनको धेरै गुनासोहरु इलाकामा गएको छ। तर, कसैले कारबाही गर्दैन। किन भने उसले लगेको रक्सी इलाका प्रहरीका इन्चार्जलाई समेत खुवाउने गरेका छन्।’

यता कुटपिटमा संलग्न हवल्दार मण्डलले ग्यारेज संचालक यादवलाई पटक पटक ग्यारेज बन्द गर्नभन्दा पनि नमानेकोले समान्य धक्कामुक्की गरेको दावी गरे।

‘लकडाउनमा पटक पटक ग्यारेज बन्द गर्न आग्रह गरेँ। तर, नमानेपछिहल्का धक्का मात्रै दिएर सम्झाएको हुँ। रक्सी मैले होइन सुरेशले खाएको थियो’, मण्डलले भने, ‘म अनावश्यक कसैलाई धाकधम्की र कुटपिट गरेको छैन। कसैसँग रक्सी मागेको छैन। त्यसैले म दुई वर्षदेखि बर्दिवासमा टिकेको छु।’

यता इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी राजन चापागाईले प्रहरी हवल्दार मण्डलको विषयमा आजसम्म एउटा पनि गुनासो नआएको दावी गरे। ‘हवल्दार मण्डल बर्दिबास चोकमै बस्छन्। तर, कसैलाई जथाभावी कुटपिट गरेको, धम्काएको, रक्सी मागेको एउटा पनि गुनासो आएको छैन’ डीएसपी चापागाईंले नेपालखबरसँग भने, ‘यदि कसैमाथि विनाकारण कुटपिट गरेको छ भन्न म त्यो विषयमा बुझ्छु। पीडितलाई बोलाएर कुराकानी गर्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .