ad ad

समाज


काठमाडौंमा अन्य गतिविधि प्रतिबन्धित भए पनि यस्ता पसल चाबीसै घण्टा खुला

काठमाडौंमा अन्य गतिविधि प्रतिबन्धित भए पनि यस्ता पसल चाबीसै घण्टा खुला

नेपालखबर
भदौ ८, २०७७ सोमबार १:२२,

काठमाडौंमा अन्य गतिविधि निषेध गरिएको भए पनि अत्यावश्यक सेवामध्ये पानी र औषधि तथा स्वास्थ्य सामग्री बिक्री वितरण भने २४ घण्टा खुला रहनेछ।

अत्यावश्यक वस्तु वा सेवामध्ये औषधि, पानी र स्वास्थ्य सामग्री बिक्री वितरण गर्ने पसल जुनसुकै समयमा पनि खुला गर्न पाइने काठमाडौं जिल्ला प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो।

विज्ञप्तिअनुसार अत्यावश्य वस्तु र सेवामध्ये खाद्य वस्तु, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु आदि बिक्री वितरण गर्ने पसल भने बिहान ९:१५ बजेसम्म खोल्न पाइनेछ।

यसरी व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा सामाजिक दूरी कायम राख्नुपर्ने, मास्क र सेनिटाइजरको प्रयोगलगायत स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम यही भदौ ३ गते राति १२:०० बजेदेखि भदौ १० गते राति १२:०० बजेसम्मका लागि उपत्यकाभर लागू हुने गरी अत्यावश्यकबाहेक गतिविधिमा निषेधको आदेश जारी भएको हो। कोरोना महामारी नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको हो।

notice

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .