उदयपुरमा आफ्नै बुबासहित २ जनामाथि खुुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरले रौतामाइ गाउँपालिका ७ पाखाटोलका २६ वर्षीय नवीन भन्ने खम्बसिंह परियारलाई आइतबार पक्राउ गरेको हो।
शुक्रबार राति १० बजेतिर घरमा धामी बस्न भनि आएका जुद्ध मगर र ढोले आफ्नै बाबु गंगा बहादुर परियारसँग विवाद हुँदा नवीनले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारबाट ५८ का बुबा गंगा परीयार र धामी बस्न आएका त्रियुगा नगरपालिका ७ ज्यामिरेका ५५ वर्षीय जुद्ध मगर घाइते भएका छन्। परियार टाउको र कुममा गहिरो चोट लागेको र उनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगरको आईसीयूमा र जुद्ध मगरको गर्धनमा गम्भिर चोट लागेको र उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
खुकुरी प्रहार गरी फरार नवीनलाई पाखाटोल स्थित जंगलमा लुकिछिपी बसेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो।
Shares
प्रतिक्रिया